Message From Campus Chief/Chairman
वि.सं. २०४३ सालमा सामुदायिक क्याम्पसको रुपमा जनस्तरबाट स्थापित उर्लावारी बहुमुखी क्याम्पस यस क्षेत्रकाे अभिभावक शैक्षिक संस्थाको रुपमा स्थापित रहेको र यसले कक्षा ११ देखि स्नातक तथा स्नातकोत्तर तहका विभिन्न संकायहरुमा विभिन्न विषयहरुमा विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्र्दान गर्दै आइरहेको छ । हाल यस क्याम्पसमा करीव १३०० विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
क्याम्पसको शैक्षिक,आर्थिक तथा भौतिक सुधारको लागि विभिन्न दाताहरुको सहयोग प्राप्त भईरहेको छ । विश्वविद्यालय अनुदान आयोग प्रमुख सहयोगी अभिभावकको रुपमा रहेको छ । क्याम्पसको शैक्षिक,आर्थिक, भौतिक पूर्वाधार विकास गरी गुणस्तर सुनिश्चितता प्राप्त गर्ने कार्यमा क्याम्पस अगाडी बढीरहेको र विश्वविद्यालय अनुदान आयोगबाट निरन्तर सहयोग प्राप्त भईरहेको छ । हाल क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायन – (QAA) प्राप्त गर्नेप्रकृयामा अगाडी बढीरहेकाे छ ।
अन्त्यमा यस क्याम्पसको हितमा निरन्तर लाग्नु हुने व्यवस्थापन समिति, सल्लाहकार समिति, लेखा समिति, उपसमितिहरु, प्राध्यापकहरु, कर्मचारी, विद्यार्थी, पूर्व ब्यवस्थापन समितिहरु तथा उपसमितिहरु, शिक्षाप्रेमि,समाजसेवि,राजनितिककर्मी, दानदाता, चन्दादाता, अक्षयकोष दाता, व्यवसायी, जनसमुदाय, दातृ निकायहरु र विशेषतः विश्व विद्यालय अनुदान आयोग र सम्पूर्ण सरोकारवाला निकायहरुलाई हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछु|
क्याम्पस प्रमुख
श्री खेमराज कार्की
उर्लाबारी ४ मोरङ,
यस क्षेत्रका शिक्षाप्रेमी, समाजसेवी, वुद्धिजिवी, राजनैतिककर्मि, उद्योगी, ब्यापारी— व्यवसायी र सर्बसाधारण जनताको पहलमा वि.सं. २०४३ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापित उर्लाबारी बहुमुखी क्याम्पस यो क्षेत्रको पुरानो र उच्च शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित छ । विभिन्न दाता र सहयोगीबाट सञ्चालनमा रहेको यस क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट आर्थिक, भौतिक र शैक्षिक सहयोग प्राप्त गर्दै आइरहेको छ र गुणस्तर सुनिश्चतता प्राप्त गर्ने प्रकृयमा रहेको छ । यसका साथै दिगो श्रोत खोजी कार्य, QAA प्राप्त गर्ने प्रयास, व्यवस्थापन तथा विषय थप संकाय थप गर्ने कार्यमा हामी निरन्तर लागिरहेका छौँ । क्याम्पसलाई विभिन्न तवरबाट सहयोग पु¥याउनु हुने व्यवस्थापन समिति, सल्लाहकार समिति, अक्षयकोष समिति तथा अक्षयकोष दाता, प्राध्यापक, कर्मचारी, विद्यार्थी वर्ग, सम्पूर्ण दानदाता, चन्दादाता तथा सहयोगी निकायहरु अभिभावक, राजनितिक कर्मीहरु, समाजसेवि, बुद्धिजीवी तथा सर्बसाधारण जनताहरु र मुख्य त विश्वविद्यालय अनुदान आयोगप्रती आभार तथा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
अध्यक्ष
श्री पुष्पलाल ढकाल
मा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ ।









- ‘प्रथम राष्ट्रिय प्राज्ञिक सम्मेलन–२०८३’ सम्बन्धी पत्रकार सम्मेलन June 6, 2026
- 1st UMC National Conference 2026 June 1, 2026
- ‘उद्योग–क्याम्पस संवाद मञ्च’ गठन गरिएको सम्बन्धमा June 1, 2026
- Advanced Research Methodology Workshop Concludes at Urlabari Multiple Campus March 30, 2026
- Advanced Research Methodology Training मा अनिवार्य सहभागी हुने सम्बन्धमा । March 26, 2026
- सहायक स्तर द्वितीय विज्ञापन नं. २०८२/२०८३–०१ का बैकल्पिक उम्मेदवारलाई हाजिर हुने सम्बन्धमा । March 9, 2026
- One-Day Stress Management Programme Held at Urlabari Multiple Campus February 23, 2026
- Three-Day Psycho-Social Counselling Programme Concludes Successfully February 23, 2026
- Digital Pedagogy Training for Faculty सम्बन्धी १ दिवसिय तालिम कार्यक्रम सम्पन्न February 14, 2026
- उर्लाबारी बहुमुखी क्याम्पसको रणनीतिक योजना (२०२६–३०) विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न । January 25, 2026
- विज्ञापन नं. २०८२/०८३-०१ सूचना प्रविधी सहायक (सहायक स्तर द्वितीय) को नतिजा प्रकाशन गरिएको बारे । December 27, 2025
- सूचना प्रविधी (सहायक स्तर द्वितिय) पदको कर्मचारी छनोटको पाठ्यक्रम December 22, 2025