UMC Affiliated to Tribhuvan University

उर्लाबारी बहुमुखी क्याम्पस उर्लाबारी ४ मोरङको सिलबन्दी दरभाउपत्र आव्हान
प्रथम पटक प्रकाशित मितिः २०७६÷०१÷१२
दोश्रो पटक प्रकाशित मितिः २०७६÷०२÷०३
१. उर्लाबारी बहुमुखी क्याम्पसको लागि तल तालिकामा उल्लेखीत संरचनाहरु निर्माण गर्नु पर्ने भएकोले नेपाल सरकारबाट सम्बन्धित निर्माण कार्य गर्न इजाजत प्राप्त फर्म वा कम्पनीबाट निम्न शर्तको अधिनमा रही रितपूर्वकको दरभाउ पत्र आव्हान गरिन्छ ।
२. इच्छुक तथा इजाजत प्राप्त सप्लायर्सले सिलबन्दी दरभाउपत्र फारम तथा यस सम्बन्धि थप जानकारी उर्लाबारी बहुमुखी क्याम्पस उर्लाबारी–४, मोरङ, फोन नं. ०२१–५४००६१ वा ९८५२०४२७०० बाट थप जानकारी प्राप्त गर्न सकिनेछ।
३. दरभाउपत्र सम्बन्धि कागजात २०७६÷०२÷०३ गते देखि कार्यालय खुलेको दिन कार्यालय समय भित्र चालु आ.व.को लागि नवीकरण भएको इजाजतपत्र, आयकारको स्थायी लेखा प्रमाणपत्र, आ.व. ०७४÷७५ को कर चुक्ता प्रमाणपत्र, मु.अ.कार दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी संलग्न राखी निवेदन दिई रु. ५०० दस्तुर बुझाई (फिर्ता नहुने गरी) खरिद गर्न सकिने छ । दरभाउपत्र सम्बन्धि कागजात मिति २०७६÷०२÷१० गते दिउँसो ४ बजेसम्म बिक्रीका लागि उपलब्ध हुनेछ।
४. खरिद भएको शिलबन्दी दरभाउपत्र मिति २०७६÷०२÷२० गते दिउँसो २ः०० बजे भित्र यस कार्यालयको नाममा सम्बोधन गरी कामको विवरण, निर्माण कम्पनीको नाम र ठेगाना स्पष्ट खुलाई फर्मको छाप लगाई सिलबन्दी लाहाछाप गरी यस कार्यालयमा दर्ता गराउनु पर्नेछ।
५. सिलबन्दी दरभाउपत्र साथ सोही कार्यको जम्मा रकमको १० प्रतिशत जमानत वापत नगद जमानी वा सो रकम बराबर सिलबन्दी दरभाउपत्र खोलिने मितिबाट कम्तीमा ७५ दिन २०७६÷०४÷३२ गतेसम्म म्याद भएको नेपालको कुनै बाणिज्य बंैकबाट यस कार्यालयको पक्षमा जारी भएको बंैक ग्यारेन्टी पेश गर्नुपर्नेछ ।
६. यदि दरभाउपत्र दाताले नगद जमानी राख्न चाहेमा सो नगद यस क्याम्पसको रा.बा. बैंक उर्लाबारी शाखामा रहेको चल्ती हि.नं. ८०३ मा नगद जम्मा गरेको सक्कलै बैंक भौचर सिलबन्दी दरभाउपत्र साथ पेश गर्नु पर्नेछ ।
७. दर्ता भएका सिलबन्दी दरभाउपत्र मिति २०७६÷०२÷२१ गने दिउँसो ३ः०० बजे सिलबन्दी दरभाउपत्रदाता वा निजका प्रतिनिधिहरु र कार्यालय प्रतिनिधिहरुको रोहवरमा यस कार्यालयमा खोलिनेछ । सिलबन्दी दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभए पनि दरभाउपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
८. सिलबन्दी दरभाउपत्र खरिद गर्ने, दाखिला गर्ने एवं खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरु विदाको लगत्तै पछि कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।
९. सिलबन्दी दरभाउपत्र पुरै वा आंशिक, स्वीकार्ने वा बदर गर्ने सम्पूर्ण अधिकार उर्लाबारी बहुमुखी क्याम्पसमा निहित रहनेछ ।
१०. एक फर्मको नाममा खरिद गरिएको सिलबन्दी दरभाउपत्र फारम अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला गर्न पाइने छैन।
११. यस सूचनामा उल्लेख नभएका विषयमा सार्वजनिक खरिद ऐन, संशोधन २०७३ बमोजिम हुनेछ।

S.N. Contract Identification No. Description of Goods/Works Method of
Procurement
Estimated Budget

 (In Thousand)

1 HERP/UGC/Urlabari/W/SQ-01 Procurement of Works:

Construction of Library Building

Sealed

Quotation

2500
2 HERP/UGC/Urlabari/W/SQ-02 Procurement of Works:
Construction & Repair of Canteen Building
Sealed

Quotation

700
3 HERP/UGC/Urlabari/W/SQ-03 Procurement of Works:
Construction of Bus Parking Shed
Sealed
Quotation
1000

क्याम्पस प्रमुख
उर्लाबारी बहुमुखी क्याम्पस
उर्लाबारी, मोरङ