मिति २०८२ साल फागुन ०२ गते शनिवारका दिन उर्लाबारी बहुमुखी क्याम्पसको आयोजनामा Digital Pedagogy Training for Faculty सम्बन्धी १ दिवसिय तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम क्याम्पसको सभाहलमा सञ्चालन गरिएको थियो।
कार्यक्रममा उर्लाबारी बहुमुखी क्याम्पसका सम्पूर्ण शिक्षकहरूका साथै मोरङ जिल्लाका ८ वटा सामुदायिक क्याम्पसबाट प्रतिनिधित्व गर्दै शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिमको मुख्य उद्देश्य शिक्षकहरूको व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि गर्नु, शैक्षिक गुणस्तर सुधारमा सहयोग पुर्याउनु तथा आधुनिक शिक्षण पद्धतिबारे जानकारी प्रदान गर्नु रहेको थियो।
कार्यक्रममा डा. टोलनाथ काफ्ले र श्री शान्तिराम दाहाल विषयविज्ञ प्रशिक्षकहरूद्वारा व्यवस्थापन, शैक्षिक नेतृत्व, प्रभावकारी कक्षा सञ्चालन, अनुसन्धानमुखी शिक्षण तथा संस्थागत विकासका विभिन्न पक्षहरूबारे प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूले तालिमलाई अत्यन्त उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमको समापन सत्रमा क्याम्पस प्रमुखज्यूले तालिमले शिक्षकहरूको पेशागत दक्षता वृद्धि गर्ने विश्वास व्यक्त गर्दै सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।




