यस क्षेत्रका शिक्षाप्रेमी, समाजसेवी, वुद्धिजिवी, राजनैतिक कर्मि, उद्योगी, व्यवसायीको पहलमा वि.सं. २०४३ सालमा सामूदायिक क्याम्पसको रुपमा स्थापित उर्लाबारी बहुमुखी क्याम्पस यो क्षेत्रको पुरानो र उच्च शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित छ । विभिन्न दाता र सहयोगीबाट सञ्चालनमा रहेको यस क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको सहयोग आर्थिक, भौतिक र शैक्षिक सहयोग प्राप्त गर्दै आइरहेको छ र गुणस्तरीय सुनिश्चतता प्राप्त गर्ने अन्तिम चरणमा पुगेको छ । यसका साथै दिगो श्रोत खोजी ९त्तब्ब्० र व्यवस्थापन तथा विषयमा थप कार्यमा हामी निरन्तर लागिरहेका छौँ । क्याम्पसलाई विभिन्न तवरबाट सहयोग पु¥याउनु हुने व्यवस्थापन समिति, सल्लाहकार समिति, अक्षयकोष समिति, प्राध्यापक, कर्मचारी, विद्यार्थी वर्ग, सम्पूर्ण दानदाता तथा सहयोगी निकायहरु, अभिभावक तथा विश्वविद्यालय अनुदान आयोगलाई आभार तथा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
अध्यक्ष
श्री पुष्पलाल ढकाल
क्याम्पस प्रमुखको मन्तव्य
वि.सं. २०४३ सालमा सामुदायिक क्याम्पसको रुपमा जनस्तरबाट स्थापित उर्लावारी बहुमुखी क्याम्पस यस क्षेत्रकाे अभिभावक शैक्षिक संस्थाको रुपमा स्थापित रहेको र यसले कक्षा ११ देखि स्नातक तथा स्नातकोत्तर तहका विभिन्न संकायहरुमा विभिन्न विषयहरुमा विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्र्दान गर्दै आइरहेको छ । हाल यस क्याम्पसमा करीव १३०० विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
#क्याम्पसको शैक्षिक,आर्थिक तथा भौतिक सुधारको लागि विभिन्न दाताहरुको सहयोग प्राप्त भईरहेको छ । विश्वविद्यालय अनुदान आयोग प्रमुख सहयोगी अभिभावकको रुपमा रहेको छ । क्याम्पसको शैक्षिक,आर्थिक, भौतिक पूर्वाधार विकास गरी गुणस्तर सुनिश्चितता प्राप्त गर्ने कार्यमा क्याम्पस अगाडी बढीरहेको र विश्वविद्यालय अनुदान आयोगबाट निरन्तर सहयोग प्राप्त भईरहेको छ । हाल क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायन – (QAA) प्राप्त गर्नेप्रकृयामा अगाडी बढीरहेकाे छ ।
अन्त्यमा यस क्याम्पसको हितमा निरन्तर लाग्नु हुने व्यवस्थापन समिति, सल्लाहकार समिति, लेखा समिति, उपसमितिहरु, प्राध्यापकहरु, कर्मचारी, विद्यार्थी, पूर्व ब्यवस्थापन समितिहरु तथा उपसमितिहरु, शिक्षाप्रेमि, समाजसेवि,राजनितिककर्मी, दानदाता, चन्दादाता, अक्षयकोष दाता, व्यवसायी, जनसमुदाय, दातृ निकायहरु र विशेषतः विश्व विद्यालय अनुदान आयोग र सम्पूर्ण सरोकारवाला निकायहरुलाई हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछु|
क्याम्पस प्रमुख
श्री खेमराज कार्की
उर्लाबारी ४ मोरङ,